काठमाडौँ महानगरद्वारा सातौँ र आठौँ तहका लागि दरखास्त आह्वान

सर्वज्योति
  • ख-
  • ख+

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले फुड टेक्नोलोजिष्ट, माइक्रो बायोलोजिष्ट र मेडिकल अधिकृत पदका लागि आवेदन मागेको छ ।
आज एक सूचना जारी गर्दै महानगरले सातौँ र आठौँ तहमा करारमा नियुक्तिका लागि दरखास्त आह्वान गरेको हो ।

दरखास्त सात दिनभित्र पेस गर्नुपर्ने महानगरले जनाएको छ । मूल्याङ्कन परीक्षा फागुन १२ र अन्तरवार्ता फागुन १३ गते हुने सूचनामा उल्लेख छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्