लमजुङ सुनचाँदी व्यवसायी संघले सुरक्षाको माग गर्दै बुझायो ज्ञापन पत्र

सर्वज्योति
  • ख-
  • ख+


१ फागुन । बेसीशहर । लमजुङ सुनचाँदी व्यवसायी संघले सुनचाँदी व्यवसायीहरुको जिउधनको सुरक्षाको माग गदै जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र वुझाएको छ । संघले सोमवार सहायक प्रमुख जिल्ला अधिकारी गोकर्णराज सुयललाई ज्ञापनपत्र वुझाउदै विभिन्न स्थानमा सुनचाँदी व्यवसायी माथी भएको लुटपाट र आक्रमणका घटनाले व्यवसायीहरुमा त्रास र असुरक्षा वढेको भन्दै सुरक्षाको प्रत्याभुती दिलाउन माग गरेको छ ।

पश्चिम नवलपरासीको सुस्ता गाउपालिका वार्ड नं १ बरुवामा न्यू धौलागिरी सुनचाँदी पसल सञ्चालन गर्दै आउनुभएका नवलपरासी बर्दघाट ४ बस्ने गजेन्द्र विश्वकर्मा माथि भएको घदटिनाका विषयमा आफूहरको गम्भिर ध्यानाकर्षण भएको र यस घटनाले असुरक्षाको स्थीती सुजना भएको संघले ज्ञापनपत्रमा उल्लेख गरेको छ ।

माघ २० गते शनिबार पसल बन्द गरि घर फर्कने क्रममा विश्कर्मालाई अज्ञात व्यक्तिबाट गोली प्रहार गरि गम्भिर रुपमा घाईते बनाई लुटपाट गरेको संघले जनाएको छ । यसैगरी पुर्वाञ्चल सुनचाँदी व्यवसायी संघका सदस्य एवं महालक्ष्मी गहना पसल इटहरी–९ दिपेन्द्र चेकमा यहि माघ १९ गते दिनदाहडै ग्राहक जस्तो बनेर पसलमा आइ २ तोला १२ आना को सिक्री लिएर फरार भएको घटना प्रति आफूहरुको गम्भिर ध्यानाकर्षण भएको संघले उल्लेख गरेको छ ।

यसरी एकपछि अर्को घटना भैरहँदा सुनचाँदी व्यवसायीलाई डर र त्रासको वातावरण सिर्जना भई व्यवसाय कसरी सञ्चालन गर्ने भन्ने प्रश्न उब्जीएकाले प्रशासन समक्ष शान्ति सुरक्षाको माग गर्दै ज्ञापनपत्र वुझाउन बाध्य भएको लमजुङ सुनचाँदी व्यवसायी संघका अध्यक्ष देववहादुर विश्वकर्माले वताउनुभयो ।
संघले ज्ञापनपत्र मार्फत कुनै पनि पेशा व्यवसाय निर्बाध रुपमा सञ्चालन गर्न पाउनु आम नागरिकको नैसर्गिक अधिकार भएकाले

राज्य र सुरक्षा निकायले यसप्रति गंभिरतापुर्वक ध्यान दिदै आम व्यवसायीहरुलाई ढुक्क भएर व्यवसाय गर्ने वातावरण सिर्जन गरिदिन अनुरोध गरेको छ ।

सम्बन्धित घटनामा संलग्न अपराधीहरुलाई यथासिघ्र पक्राउ गरी सजाँय दिन र यस्ता घट्ना पुनः दोहोरीन नदिई शान्ति सुरक्षाको प्रत्यभृति दिलाउन समेत सरकार एवं सुरक्षा निकायसंग माग गरेको छ ।

ज्ञापनपत्र हस्तान्तरण कार्यक्रममा संघका अध्यक्ष सहित केन्द्रिय सदस्य हरिवहादुर विश्वकर्मा, उपाध्यक्ष तोत्रवहादुर विश्वकर्मा, सल्लाहाकार दिपक रामदाम, सदस्यहरु गणेश विश्वकर्मा, सुनिल विश्वकर्मा लगायतको उपस्थिती थियो ।
(साभारः मर्स्याङदी समाचार )

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्