व्यास १० बैरेनीमा शुरु भयो सप्ताह

सर्वज्योति
  • ख-
  • ख+

१ फागुन । तनहुँ । व्यास नगरपालिका वडा नं. १० बैरेनीको श्री राधाकृष्ण मन्दिर परिसरमा श्रीमद् भागवत सप्ताह धनधान्यान्चल विराट ज्ञान महायज्ञ शुरु भएको छ । उक्त कार्यक्रमको आज एक कार्यक्रमका बिच व्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपानेले उद्धघाटन गर्नुभयो । उक्त कार्यक्रमको उद्घाटन गर्दै नगर प्रमुख न्यौपानेले मनभित्रको आस्था जगाउनको लागि स्वयंभित्रको आस्था जगाउनुपर्दछ , हाम्रा आचरणको कारणले गर्दा हाम्रो धर्म र विश्वासलाई यो महायज्ञले नितरन्तरता दिने विश्वास व्यक्त गर्नुभएको थियो । साथै उहाँले नयाँ पिढीलाई यस्ता महायज्ञले सिकाउने आशा व्यक्त गर्नुभएको थियो ।
कार्यक्रममा बेद अनुयायी प्रतिष्ठान नेपालका महासचिजव ऋषिराम ढुगांना, व्यास १० का अध्यक्ष खेमराज पोखरेल, व्यास १० का निवर्तमान् अध्यक्ष तुलसीराम सापकोटा, व्यास नगरपालिकाकी कार्यपालिका सदस्य चन्द्रमाया परियार लगायतका वक्ताहरुले महायज्ञले समाजमा धार्मिक जागरण बढाउने विश्वास व्यत्तः गर्नुभएको थियो ।

राधाकृष्ण मन्दिर मुल समारोह समितिका फुननारायण तिवारीको अध्यक्षतामा भएको कार्यक्रमको संचालन श्रीराम कुवरले गर्नुभएको थियो । सप्ताह फागुन १ देखि ८ गतेसम्म चल्नेछ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्