चौतर्फि घेराबन्दीमा परेको रास्वपा तनहुँको संयोजकमा बिश्व बास्तोला र क्षेत्रिय सभापतिमा पदमराज न्यौपाने चयन

सर्वज्योति
  • ख-
  • ख+

तनहुँ । चौतर्फि घेराबन्दीमा परेको राष्ट्रिय स्वतन्त्र पार्टीको तनहुँ संयोजकमा बिश्व बास्तोला चयन हुनुभएको छ । रास्वपा तनहुँ जिल्ला कार्य समितिको बैठकले बास्तोलालाई चयन गरेको छ । त्यसैगरि जिल्ला सह संयोजक सूर्यमणि पौडेलको अध्यक्षतामा बसेको बैठकले पदमराज न्यौपानेलाई क्षे नं. १ को सभापतिमा चयन गरेको छ । बैठकले क्षेत्र नं. १ को उपसभापतिमा सिता बि.क., सचिवमा अनिल श्रेष्ठ, सदस्यहरुमा बिष्णुबहादुर पन्त र शशि रुपाखेतीलाई चयन गरेको छ ।
२०७९ मंसिर ४ गतेको निर्वाचनमा नयाँ शक्तिको रुपमा उदाएको रास्वपालाइ चौतर्फि आक्रमण र फुटाउने खेल चलिरहेको बेला तनहुँमा नयाँ पदाधिकारी चयनले संगठन बिस्तारमा सहयोग पुग्ने रास्वपा सम्बद्ध महानुभावहरुको विश्वास रहेको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्