लमजुगंको दोर्दी ९ का ६५ जना जेष्ठ नागरिकलाई वडा कार्यालयद्धारा सम्मान

सर्वज्योति
  • ख-
  • ख+

६ फागुन । लमजुगं । लमजुगं जिल्लाको दोर्दी गाउँपालिका वडा नं. ९ ले जेष्ठ नागरिकलाई सम्मान गरेको छ । वडा कार्यालयले वडा भित्रका ८० वर्ष माथिका ६५ जना जेष्ठ नागरिकलाई सम्मान गरेको हो ।

हिलेटक्सारस्थित वडा कार्यलयमा एक कार्यक्रमको आयोजना गरी जेष्ठ नागरिकलाई पानी तताउने इलेक्ट्रिक जग प्रदान गरेर सम्मान गरेको हो ।

जेष्ठ नागरिकलाई जाडो र गर्मि दुवै समयमा उमालेर पानी पिउनका लागि सहज होस् भन्ने उद्देश्यका साथ वडाले सम्मान स्वरुप इलेक्ट्रिक जग प्रदान गरेको वडा अध्यक्ष आशिष तामाङले वताउनुभयो । वडामा भएको सिमित बजेटले धरै ठुला कार्यक्रम गर्न सक्ने अवस्था नरहेको भन्दै वडाअध्यक्ष तामाङले वडाले गरेको सानो सम्मानले घर परिवार समाजमा हरेकले जेष्ठ नागरिकलाई आदार सम्मान गर्नुपर्छ भन्ने सन्देश दिने विश्वास व्यक्त गर्नुभयो ।

जेष्ठ नागरिक लक्षित कार्यक्रमका लागि वडा कार्यालयले चालु आर्थिक वर्ष एक लाख बजेट विनियोजन गरेको थियो । सोही वजेटबाट जेष्ठ नागरिकलाई सम्मान गरिएको वडा सचिव दिपक बुढाले वताउनुभयो । सम्मान कार्यक्रममा कार्यपालिका सदस्य लिलावहादुर सुनार र वडा सदस्यहरुको उपस्थिती थियो ।

कार्यक्रमको सहिजकरण वडासचिव दिपक बुढाले गर्नुभएको थियो । वडाले गत वर्ष जेष्ठ नागरिकहरुलाई सम्मान स्वरुप फाइवरको सिरक प्रदान गरेको थियो । वडा कार्यालयले वुद्धा अवस्थामा आफूहरुलाई सम्झेर सम्मान गरेकोमा जेष्ठ नागरिकहरुले खुसी व्यक्त गरेका थिए ।
मर्स्याङदी समाचार

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्