टिपर दुर्घटना हुँदा चालक र सहचालकको मृत्यु

सर्वज्योति
  • ख-
  • ख+

७ फागुन । पाल्पा जिल्लाको माथागढी नगरपालिका–५ आर्थोकघाटमा टिपर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

लु २ ख ५६१ नम्बरको टिपर आज बिहान ९ बजे दुर्घटना हुँदा चालक र सहचालकको मृत्यु भएको हो ।
मृत्यु हुनेमा चालक रुपन्देहीको तिलोत्तमा नगरपालिका १६ बस्ने २४ वर्षीय प्रदीप कुमाल र सहचालक सोही ठाउँका १८ वर्षीय मनिष परियार रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायब उपरीक्षक (डीएसपी) सुगन्ध श्रेष्ठले जानकारी दिए । उनीहरु दुवैको घटनास्थलमै मृत्यु भएको श्रेष्ठले बताए ।

दुर्घटनास्थलमा जिल्ला प्रहरी कार्यालय पाल्पाबाट इन्सपेक्टरको कमाण्डमा टोली खटिएको र घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
(साभारः अनलाईन खबर)

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्