डीएसपी हुँ भन्दै कारचालकलाई थर्काउने पक्राउ

सर्वज्योति
  • ख-
  • ख+

काठमाडौँ — काठमाडौंको लाजिम्पाटमा डीएसपी हुँ भन्दै एक कारचालकलाई दुर्व्यवहार गर्ने व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौं जिल्ला प्रहरी परिसरले चुनदेवीका ५२ वर्षीय प्रविन श्रेष्ठलाई पक्राउ गरी अनुसन्धान प्रक्रिया अघि बढाएको जानकारी दिएको छ ।

उनलाई सार्वजनिक स्थलमा नैतिकताविरुद्धको कसुरमा पक्राउ गरिएको परिसरले जनाएको छ । श्रेष्ठ नेपाल प्रहरीको बहालवाला र अवकाशप्राप्त कर्मचारी नभएको समेत परिसरले स्पष्ट जनाएको छ ।
(साभारः कान्तिपुर दैनिक)

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्