खेतमा पानी लगाउँदा करेन्ट लागेर वृद्धको मृत्यु

सर्वज्योति
  • ख-
  • ख+

९ फागुन, काठमाडौं । भक्तपुरमा खेतमा पानी लगाउने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।

बुधबार दिउँसो करिब ३ बजे भक्तपुर नगरपालिका-२ कालीघाटमा खोलाको पानी खेतमा लगाउने क्रममा स्थानीय ६६ वर्षका गणेशमान गोरेलाई करेन्ट लागेको थियो ।

करेन्ट लागेर गम्भीर घाइते भएका उनको भक्तपुर अस्पतालमा उपचारका क्रममा साढे ३ बजे मृत्यु भएको जिल्ला प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी डीएसपी बसन्त पाठकले जानकारी दिए ।
अनलाईन खबर

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्