पालुङटार नगरपालिकाका दलित जनप्रतिनिधी र बेसिशहरका जनप्रतिनिधी विच परिचयात्मक कार्यक्रम

सर्वज्योति
  • ख-
  • ख+

९ फाल्गुण । बेसीशहर । गोर्खाको पालुङटार नगरपालिकाका दलित जनप्रतिनिधी र बेसिशहर नगरपालिकाका जनप्रतिनिधी विच परिचयात्मक कार्यक्रम भएको छ । मंगलबार बेसीशहर नगरपालिकाको सभा हलमा दुई पालिकाका जनप्रीतनिधीहरु बिच परिचयात्मक भेटघाट कार्यक्रम भएको हो ।

कार्यक्रममा दुवै पालिकाले गरेको दलित लक्षित कार्यक्रमहरुको बारेमा छलफल गरिएको थियो । बर्सौदेखि समाजमा पछि परेका दलित समुदायलाई आर्थिक र सामाजिक हिसाबले अगाडी ल्याउनका लागि नगरपालिकाहरुले गरेको काम एक आपसमा साटासाट गर्ने र थप रचनात्मक कामहरु कसरी गर्न सकिन्छ भन्ने उद्धेश्यले छलफल एवं परिचयात्मक कार्यक्रम भएको हो ।

कार्यक्रममा बेसिशहर नगरपालिकाका नगरप्रमुख गुमानसिंह अर्यालले अझै पनि दलित समुदायको अवस्था नाजुक भएकोले स्थानीय सरकारको स्रोत र साधनले भ्याएसम्म प्राथमिकता राखेर दलित समुदायलाई आत्मनिर्भर बनाउने, उनीहरुको पुर्खौली पेशा, व्यवसायको संरक्षण एवं प्रबद्र्धन गर्ने, सामाजिक समावेशिकरण, शैक्षिक प्रोत्साहनका लागि छात्रबृत्तिको व्यवस्था, निजामती क्षेत्रमा आकर्षण गर्न निःशुल्क तालिम, सामुदायिक भवन निर्माण लगायतको क्षेत्रमा काम गरेको बताउनुभयो ।

पालुङटार नगरपालिका १ का वडा अध्यक्ष कृष्णबहादुर परियार, ८ का वडा अध्यक्ष होपबहादुर नेपालीले दलित समुदाय आर्थिक, सामाजिक र राजनैतिक हिसावले पछाडी परेको हुँदा स्थानीय सरकारले यस समुदायलाई लक्षित गरेर गरेका काम कारबाहीको वारेमा जानकारी लिनेदिने र केही नया कुरा सिक्ने, सिकाउने हेतुले आफुहले बेसीशहर नगरपालिकाको भ्रमण गरेको बताउनुभयो ।

कार्यक्रममा पालुङटार नगरपालिकाका दलित जनप्रतिनिधीहरुलाई बेसिशहर नगरपालिका कार्यपालिका सदस्य एवं प्रबक्ता हिरालाल विश्वकर्माले स्वागत गर्दै फरक फरक पालिकाका जनप्रतिनिधीहरु विच आफुले गरेको कामहरुको बारेमा गरिने यस्ता छलफल एवं अन्तरक्रिय कार्यक्रमले आगामी दिनमा अझै राम्रा काम गर्नका लागि सहयोग पुग्ने बताउनुभयो ।

 

कार्यक्रममा बेसिहर नगरपालिका उपप्रमुख पदमा गुरुङ, वडाअध्यक्ष एवं कार्यपालिका सदस्यहरु र पालुङटार नगरपालिका कार्यपालिका सदस्यहरु पार्वती नेपाली, मिना सुनार, हर्कबहादुर नेपाली, पम्फा विक, अर्जुन विक, लगायत १० जना वडा सदस्यहरुको उपस्थीति रहेको थियो ।
साभारः मर्स्यागंदी समाचार,

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्