११ असारमा १२ औँ महाधिवेशन गर्ने नेविसंघका अध्यक्ष दुजाङ शेर्पाको प्रस्ताव

सर्वज्योति
  • ख-
  • ख+

काठमाण्डौ । नेविसंघका अध्यक्ष दुजाङ शेर्पाले आगामी असार ११ मा १२ औ अधिवेशन गर्ने प्रस्ताव गरेका छन् । अध्यक्ष शेर्पाले नेविसंघका तर्फबाट महाधिवेशनको कार्यतालिकासहित नीति, योजना र परिकल्पनाबारे महासमितिमा जानकारी गराइएको बताए । ‘अहिले महाधिवेशनको मिति प्रस्तावित हो । यो महासमिति बैठकमा पेश भएको छ,’ उनले भने, ‘पार्टीले अनुमोदन गरिदिएको अवस्थामा हामी केन्द्रीय समितिको बैठकबाट निणर्य लिएर अघि बढ्छौँ ।’

उनका अनुसार बैशाख २५ गतेभित्र प्रतिनिधि चयन गरिसक्ने, जेठ १ गते क्याम्पस अधिवेशन गर्ने र जेठ ३ गते स्थानीय गाउँरनगर अधिवेशन गर्ने प्रस्तावित कार्यतालिका छ ।

त्यस्तै, जेठ ६ देखि १० गतेसम्म उपत्यकाभित्रका क्याम्पस विश्वविद्यालयहरुमा अधिवेशन गर्ने, जेठ १६ गते ७७ वटै जिल्लाको अधिवेशन गर्ने र जेठ २५ गते प्रदेशको अधिवेशन गर्ने नेविसंघको प्रस्ताव छ ।

त्यसपछि असार ११ गते १२ औँ केन्द्रीय महाधिवेशन गर्न प्रस्ताव गरिएको अध्यक्ष शेर्पाले बताए । ‘हाम्रो केन्द्रीय समितिको बैठक बस्दैछ । केन्द्रीय समितिबाट महाधिवेशनको कार्यतालिका पास गरेर जान्छौँ,’ उनले भने, ‘केही तलमाथि हुनसक्छ, तर एकवर्षभित्र महाधिवेशन गर्ने कुरामा हामी प्रतिवद्ध छौँ ।’
नेविसंघले पार्टीको महासमिति बैठकमा सरकारले अन्तर्राष्ट्रिय फोरममा जाहेर गरेका प्रतिवद्धता अनुरुप तीन वटै तहका सरकारले बजेटको कम्तिमा २० प्रतिशत शिक्षा र अध्ययन अनुसन्धन क्षेत्रकालागि विनियोजनको सुनिश्चितता गरिनुपर्ने संकल्प गर्न प्रस्ताव राखेको छ ।

त्यस्तै, युवा तथा विद्यार्थी विदेश पलायन अर्थात् ब्रेनड्रेनको समस्यालाई समाधान गर्न नेपालको शिक्षा प्रणालीमा समावेश गर्नुपर्ने, कमाउँदै पढ्दै गर्ने नीतिलाई अवलम्बन गर्दै विद्यालय उच्च शिक्षा विधेयक परिमार्जन गरिनुपर्ने, विश्वविद्यालयहरूमा प्रधानमन्त्री कुलपति रहने व्यवस्थालाई पुनरावलोकन गरिनुपर्ने माग गरेको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्