हाजिर नभएका १८ जना प्रहरीलाई उपस्थित हुन निर्देशन अन्यथा सेवाबाट हटाईने

सर्वज्योति
  • ख-
  • ख+

१० फागुन, काठमाडौं । प्रहरी प्रधान कार्यालय नक्शालले सम्पर्कमा नरहेका १८ जना प्रहरीहरुलाई सात दिनभित्र स्पष्टीकरणसहित उपस्थित हुन निर्देशन दिएको छ ।

आफूखुसी कार्यालयमा गैरहाजिर रहेको र खोजतलास गर्दा पनि सम्पर्कमा नआएको भन्दै सार्वजनिक सूचना जारी गरेर ७ दिनभित्र स्पष्टीकरणसहित उपस्थित हुन भनिएको हो ।

अन्यथा सेवाबाट हटाइने प्रहरी प्रधान कार्यालयले चेतावनी समेत दिएको छ ।

गैरहाजिर भएकाहरुमा प्रहरी सहायक निरीक्षक (असई) गजेन्द्र सिंह ठगुन्ना लगायतका छन् ।

 

 

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्