खैरेनीटारमा डिजल चोरी गर्ने २ जना भिमादबाट पक्राउ       

सर्वज्योति
  • ख-
  • ख+

तनहुँ । तनहुँको  शुक्लागण्डकी नगरपालिका वडा नं. ७ खैरेनिटार तिम्सिनाचोक स्थितमा पार्किङ गरी राखेको जिल्ला  स्काईभेटरबाट डिजल चोर्न दुईजना पक्राउ परेका छन् । कास्की पोखरा १४ चाउथे वस्ने लिला लामीछानेको बा २ क ३२२८ नम्वरको स्काईभेटरको ट्याङ्कीबाट एक सय सत्तरी लिटर डिजेल गर्ने दुईजनालाई  ई.प्र.का. वेलचौतारावाट खटीएको प्रहरी टोलीले भिमादबाट पक्राउ गरेको हो । पक्राउ परेकाहरुमा ग १ ख ६८०७ नं. को टिप्पर धनी जिल्ला तनहुँ व्यास वडा नं. १० वैरेनी घर भएका ३० बर्षिय अर्जुन बि. क. र ट्रिपर चालक उक्त स्थानकै  ३२ बर्षिय लिलामणी दराई रहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक एवं सुचना अधिकारी मोहन बहादुर खाँणले जानकारी दिनुभएको छ ।
निजहरुलाई नियन्त्रणमा लिए पश्चात  ट्रिपर धनी अर्जुन वि. क. को घरमा खानतलासी गर्दा थप २६५ लिटर डिजल वरामद भएको पनि नियन्त्रणमा लिईएको र ट्रिपर धनी अर्जुन वि. क. को घरमा खानतलासी गर्दा थप २६५ लिटर डिजल वरामद गरि चोरीमा सम्लग्न दुवै जनालाई चोरी सम्वन्धी कसूरमा जिल्ला अदालत तनहुँवाट दिन सातको म्याद थप गरी थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक एवं सुचना अधिकारी खाँणले जानकारी दिनुभएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्