सेवाग्राहीसँग १ लाख रुपैयाँ घुस लिएको आरोप लागेका वरिष्ठ हवल्दार दोषी ठहर

सर्वज्योति
  • ख-
  • ख+

काठमाडौं । सेवाग्राहीसँग एक लाख रुपैयाँ घुस लिएको आरोप लागेका बुढानिलकण्ठ प्रहरी प्रभागका वरिष्ठ हवल्दार विनोद सिंह दोषी ठहर भएका छन् ।

विशेष अदालतले शुक्रबार सिंहलाई दोषी ठहर गर्दै एक लाख रुपैयाँ जरिवाना र ५ महिना कैद हुने सजाय सुनाएको छ ।

ढल सरसफाइ तथा निकास गर्दा निस्किएको बालुवा व्यवस्थापन गर्न सहजीकरण गरिदिएबापत सेवाग्राहीसँग घुस लिएको आरोप उनीविरुद्ध लागेको थियो ।

(नेपाल प्रेस)

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्