व्यासका मेयर बैकुण्ठ न्यौपानेद्धारा निर्माणाधिन कृतिम तालको निरिक्षण

सर्वज्योति
  • ख-
  • ख+

११ फागुन । तनहुँ । व्यास नगरपालिकाका मेयर बैकुण्ठ न्यौपानेले व्यास १० को दुम्सिचौरमा निर्माण हुन लागेको कृतिम ताल नारेश्वर तालको निरिक्षण गर्नुभएको छ । कृतिम ताल, सिंंचाई मत्स्यपालन लगायत बहुउपयोगी बनाउने हिसाबले निर्माण गर्न लागिएको र तालले व्यास नगरपालिकालाई पर्यटन, कृषि र रोजगारीमा टेवा दिने मेयर न्यौपानेले बताउनुभएको थियो । तालको निरिक्षणको लागि मेयर न्यौपानेका साथमा वडा नं. १० का अध्यक्ष खेमराज अधिकारी, वडा सदस्य ईश्वर पौडेल, नारेश्वर ताल निर्माण समितिका अध्यक्ष बिष्णु थापा लगायतका महानुभावहरु सहभागी हुनुहुन्थ्यो ।

यसै आर्थिक वर्षमा ताल संरक्षण प्राधिकरणबाट १० लाख, व्यास नगरपालिकाको ५० लाखका साथै गण्डकी प्रदेश सरकारबाट बाँध निर्माणका लागि १ करोड ५ लाख रुपैयाको टेण्डर समेत भइसकेको छ । ३० रोपनी निर्माण हुन लागेको उक्त कृतिम तालको कटिगं र बाँध निर्माणको कार्य भईरहेको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?