लमजुङको  राइनास नगरपालिकाको हिउँदे अधिवेशन सम्पन्न

सर्वज्योति
  • ख-
  • ख+

१३ फागुन । लमजुङको राइनास नगरपालिकाको हिउँदे अधिवेशन सम्पन्न भएको छ । नगरपालिकाले चालु आर्थिक वर्ष २०८०/०८१ को नगरसभाको १३ औ हिउँदे अधिवेशनको बैठक विहिवार सम्पन्न गरेको हो ।

हिउँदे अधिवेशनमा पालिकाले चालू आर्थिक वर्षको अर्थवार्षिक प्रतिवेदन प्रस्तुत तथा कार्यक्रमको प्रगति छलफल तथा समिक्षा, नगरसभा सदस्यहरबाट प्राप्त राय सुझाव सहित दुई वटा ऐन पारित गरेको जनाएको छ ।

राइनास नगरपालिका प्रमुख खड्गवहादुर गुरुङको अध्यक्षतामा भएको अधिवेशनमा नगर उपप्रमुख पुष्पराज खनालले चालु आर्थिक वर्ष २०८०/०८१ को अर्थ वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।

अधिवेशनले आर्थिक ऐन २०८० र विनियोजन ऐन २०८० संसोधन सहित पारित गरेको छ । अधिवेशनमा नगरप्रमुख खड्गवहादुर गुरुङले विनियोजन ऐन २०८० मा भएका आवश्यक संसोधित विषय तथा योजना पेश गर्नुभएको थियो भने उपप्रमुख खनालले आर्थिक ऐन २०८० मा संसोधित गर्नुपर्ने विषयहरु पेश गर्नुभएको थियो । दुवै ऐन सर्वसम्मत रुपमा संशोधन सहित पारित भएको नगरपालिकाका सुचना अधिकारी सिजन देवकोटाले जानकारी दिनुभयो ।

अधिवेशन बैठकमा नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत प्रकाशराज पौडेल, वडाअध्यक्षहरु, नगरसभा सदस्यहरु, विषयगत शाखा प्रमुखहरुको उपस्थीती रहेको थियो ।
साभारः मर्स्याङदी समाचार,

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्