३१ हजार युक्रेनी सेना मारिएको तथ्यांक सार्बजनिक

सर्वज्योति
  • ख-
  • ख+

किभ । रूससँगको जारी युद्दमा युक्रेनका ३१ हजार सैनिक मारिएको तथ्यांक सार्बजनिक भएको छ ।

युक्रेनका राष्ट्रपति भ्लादिमर जेलेन्स्कीले रुसको पूर्ण मात्रामा आक्रमण सुरु भएदेखि अहिलेसम्म ३१ हजार सैनिक मारिएको बताएका हुन । तर, उनले रुसी सैन्य योजनालाई मद्दत गर्ने भएकाले घाइतेको संख्या भने सार्बजनिक नगर्ने जनाएका छन ।

सामान्यतया, युक्रेनी अधिकारीहरूले युद्धमा मारिएका सेवाकर्मीहरूको संख्या सार्वजनिक गर्दैन थिए तर रूससँगको युद्द सुरू भएको दुइ बर्ष पुगेको अवसरमा उनले यो संख्या सार्बजनिक गरेको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन।

युक्रेनका रक्षा मन्त्री रुस्तम उमरोभले युक्रेनका लागि सबै पश्चिमी सहायतामा ढिलाइ भएको र युद्द ग्रस्त क्षेत्रको खर्च गर्न नपाए पछि ज्यान जोखिममा पर्दै गए पछि यो तथ्यांक सार्बजनिक गर्नु परेको बताएका छन ।

‘अहिले प्रतिबद्धताले युक्रेनका लागि पर्याप्त छैन, त्यसले कुनै काम गर्दैन,’ रुस्तम उमरोभले आइतवार टेलिभिजन सम्बोधनमा भनेका छन। युक्रेनले हाल रुसलाई आफ्नो क्षेत्रबाट धपाउने आफ्नो मिसनमा विभिन्न प्रकारका अवरोधहरू भोगिरहेको छ।

श्री उमरोभले भने कि बैदेशिक सहयोग र आपूर्तिको अभावले युक्रेनलाई युद्धको संख्यामा थप क्षतिमा पुर्‍याइरहेको छ । ‘हामीले सम्भव र असम्भव सबै गर्छौं तर समयमै आपूर्ति नहुँदा यसले हामीलाई हानि गर्छ,’ उनले भने।

जर्मनीका रक्षामन्त्री बोरिस पिस्टोरियसले नोभेम्बरमा चेतावनी दिएका थिए कि मार्चसम्म १० लाख तोपखाने गोलाहरू उपलब्ध गराउने योजना पूरा हुने छैन।

जनवरीमा, युरोपेली संघले यी मध्ये आधा भन्दा बढी समय सीमामा युक्रेनमा पुग्ने र २०२४ को अन्त्यसम्म पूर्ण प्रतिज्ञा गरिएको रकम त्यहाँ नपुग्ने बताए पछि युक्रेनको अवस्था थप दयनिय हुन सक्ने जनाइएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्