विनोद प्रसाद बसौला लमजुङ सेवा समाज कतारको अध्यक्षमा निर्वाचित

सर्वज्योति
  • ख-
  • ख+

लमजुङ सेवा समाज कतारको अध्यक्षमा विनोदप्रसाद बसौला निर्विरोध निर्वाचित हुनुभएको छ । शुक्रबार भएको १५ औं अधिवेशनले बसौलाको अध्यक्षतामा २१ सदस्यीय नयाँ कार्य समिति चयन गरेको हो ।

समाजको प्रथम उपाध्यक्षमा कल्याण थापा, द्वितीय उपाध्यक्षमा बिनोद थापा मगर, महिला उपाध्यक्षमा कमला गुरुङ, महासचिव रविन्द्र भण्डारी, सचिवमा प्रशान्त कुमाल, कोषाध्यक्षमा राज श्रेष्ठ, सहकोषाध्यक्षमा रविन्द्र घिमिरे निर्वाचित हुनुभएको छ । सदस्यहरुमा नारायण अधिकारी, वासुदेव पाण्डे, खुशी मिया, कुमारी गुरुङ र पवन थापामगर निर्वाचित भएका निर्वाचन संयोजक तथा निवर्तमान प्रमुख सल्लाहकार नवराज नखोलाले जानकारी दिनुभयो ।

अधिवेशनले लमजुङस्थित पालिकाहरुको संयोजक समेत तोकेको छ । बेंसीशहर नगरपालिका संयोजकमा परशुराम थापा, मध्यनेपाल नगरपालिका संयोजकमा जनक कार्की, राइनास नगरपालिका संयोजकमा देव बहादुर अधिकारी, दोर्दी गाउँपालिका संयोजकमा रामचन्द्र अधिकारी, क्व्होलासोंथर गाउँपालिका संयोजकमा फगेन्द्र गुरुङ, मर्स्याङदी गाउँपालिका संयोजकमा टेकहादुर गुरुङ, दूध पोखरी गाउँपालिका संयोजकमा कृष्ण गुरुङ रहनुभएको छ । सुन्दरबजार नगरपालिका संयोजक भने हाल रिक्त छ ।

अधिवेशन उद्घाटन कार्यक्रम समाजका तत्कालिन अध्यक्ष सिताराम थापाको अध्यक्षता एवं गण्डकी प्रदेश समन्वय परिषद् कतारका अध्यक्ष सागर पौडेलको प्रमुख आतिथ्यतामा भएको थियो । परिषद् अध्यक्ष पौडेललल समाजले गरेको सामाजिक गतिविधिहरुको प्रशंसा गर्नुभएको थियो । कार्यक्रममा विभिन्न संघसंस्था प्रतिनिधि तथा अभियन्ताहरु सागर नेपाल, हसराज क्षेत्री, विनेश तामाङ, अजमत अली, राकेश श्रेष्ठ, बलदेव राना, रघु शर्मा, ध्रुव क्षेत्री, दिनेश कटुवाल, माया केसी, केदार भुसााल, रोशन अर्याल लगायतले शुभकामना व्यक्त गर्नुभएको थियो ।

विभिन्न कलाकारहरुले सांगितिक प्रस्तुती राखेका थिए । संस्थाका पूर्व अध्यक्ष तथा प्रमुख सल्लाहकार नवराज नखोला, कतारमा सांगितिक क्षेत्रमा अलग पहिचान बनाउन सफल लमजुङे गीत संगीत तथा गायक मंगल विक र संस्थामा निरन्तर खट्दै आउनुभएकी कमला गुरुङ र कुमारी गुरुङलाई सम्मान गरिएको थियो ।

समाजले गृह जिल्ला तथा अन्य जिल्लाहरुमा पनि विभिन्न समस्यामा परेका पीडितहरुलाई सहयोग गर्दै आएको छ । विपद्, स्वास्थ्य, शिक्षा तथा सेवामूलक सस्थाहरुलाई सहयोग गर्दै आएको छ । रोजगारीको लागि कतारमा रहेको लमजुङेहरु एकताबद्ध भएर सुख दुःखमा साथ, लमजुङ सेवा समाज भन्ने मुल नाराका साथ सन् २००५ मा समाज स्थापना गरेका हुन् ।

 

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्