व्यास १० दुम्सिमा शुरु भयो ११ दिने शिव महापुराण

सर्वज्योति
  • ख-
  • ख+

१७ फागुन । तनहुँ । व्यास नगरपालिका वडा नं १० दुम्सि बजारमा ११ दिने संगितमय शिव महापुराण प्रवतन शुरु भएको छ । दुम्सि बजारमा रहेको दुम्दुमेश्वर महादेव शिव पन्चायन मन्दिर परिसरमा शुरु भएको उक्त प्रवचन कार्यक्रमको आज एक कार्यक्रमका बिच व्यास नगरपालिका प्रमुख बैकुण्ठ न्यौपानेले समुद्घाटन गर्नुभएको हो । श्रीमद्भागवत गिता प्रवचन वाचक नारायण प्रसाद गैहैलाई हस्तान्त्रण गर्दै न्यौपानेले कार्यक्रम शुभारम्भ भएको घोषणा गर्नुभएको थियो । उक्त कार्यक्तमा नगर प्रमुख न्यौपानेले यस्ता कार्यक्रमहरुले चेतना जगाउनुका सार्थै समाजमा धार्मिक आस्था कायम राख्ने विश्वाश व्यक्त गर्नुभएको थियो ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी जर्नादन गौतम, व्यासकी उपमेयर ईन्दिरा दरै, व्यास १० का वडा अध्यक्ष खेमराज पोखरेल, व्यास १० का निवर्तमान अध्यक्ष तुलसीराम सापकोटा, बैदिक सनातन धर्म प्रष्ठिानका केन्द्रीय अध्यक्ष कृष्णकान्त काफ्ले, शिव मा.वि. का अध्यक्ष विकास रिजाल लगायतका महानुभावहरुले गर्न लागेको शिव महापुराणले समाजमा राम्रो छाप छोड्ने बताउनुभएको थियो ।
दुम्दुमेश्वर महादेव शिव पन्चायन मन्दिर संरक्षण समितिका अध्यक्ष धर्म गिरीको अध्यक्षतामा भएको कार्यक्रममा लिला कडेंलले  सहभागी महानुभावहरुलाई स्वागत मन्तव्यद्धारा स्वगात गर्नुभएको थियो । कार्यक्रमको संचालन ऋषिराम ढुगांना सेवकले  संचालन गर्नुभएको थियो ।
फागुन १७ गतेदेखि २७ गतेसम्म चल्ने उक्त कार्यक्रममा प्रवचनका साथै शिवपान्चायन मन्दिरमा मुर्ति प्रष्ठिाको कार्यक्रम पनि गरिनेछ । ११ दिनसम्म चल्ने उक्त कार्यक्रममा १० देखि १५ हजारसम्म भक्तजनहरुहरु आउने आयोजकहरुको विश्वास रहेको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्