दमौलीका ताराराम श्रेष्ठ नेपाल पुस्तक तथा स्टेसनरी ब्यवसायी महासङघको कोषाध्यक्षमा निर्वाचित

मदन तिमल्सेना
  • ख-
  • ख+

१९ फागुन । काठमाण्डौ । दमौलीका ताराराम श्रेष्ठ नेपाल पुस्तक तथा स्टेसनरी ब्यवसायी महासङघको कोषाध्यक्षमा निर्वाचित भएका छन् । शनिवार काठमाण्डौमा सम्पन्न सातौ राष्ट्रिय महाधिवेशनबाट श्रेष्ठ कोषाध्यक्षमा निर्वाचित भएका हुन् ।

श्रेष्ठले यसभन्दा अगाडि पनि महासंघको विभिन्न पदमा बसेर पुस्तक तथा स्टेसनरी ब्यवसायीको हकहितमा काम गरेका थिए ।
आज सम्पन्न निर्वाचनमा शिवसागर शर्मा अध्यक्ष, मातृका सिवाकोटी वरिष्ठ उपाध्यक्ष, बुद्धिप्रसाद अधिकारी र नारायणकुमार श्रेष्ठ उपाध्यक्ष, बिष्णुप्रसाद पौडेल महासचिव, अर्जुन कुमार आचार्य उप महासचिव पदमा निर्वाचित भएका छन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्