शिवरात्रीमा व्यास १० सेवरको रामरामेश्वर मन्दिरमा विभिन्न खेलकुद प्रतियोगिता हुदै

सर्वज्योति
  • ख-
  • ख+

तनहुँ । महा शिवरात्रीमा व्यास नगरपालिका वडा नंं १० सेवरको रामरामेश्वर मन्दिरमा विभिन्न खेलकुद प्रतियोगिता हुदैछ । सेवर टोल विकास संस्थाको आयोजनामा हुन लागेको प्रतियोगितामा छेलो, डोरी तान्ने, म्युजिकल चेयर, घैटो फुटाउने र भाले समात्ने खेल प्रतियोगिता हुनेछ ।

महाशिवरात्री पर्वलाई सभ्य र भव्य रुपमा मनाउन लागिएकाले उल्लेख्य मात्रामा भक्तजनहरुको उपस्थिति रहने र खेलकुद प्रतियोगितामा विजेताहरुलाई आर्कषक पुरस्कार प्रदान गरिने संस्थाका अध्यक्ष टुमप्रसाद तिमल्सेनाले बताउनुभएको छ ।

तनहुँको सदरमुकाम दमौली बजार, मानहुकोट, बेनीकोट, रिसिगं, पोखरी भन्ज्यागं, डिहिगाउँ, तालघरे, रानीगाउँ देखिने राम रामेश्वर मन्दिर परिसरमा गरिने प्रतियोगिताको सह आयोजक सर्वज्योति आमा समुह रहेको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्