तीन दिवसिय महिला उद्यमी व्यापार प्रदर्शन तथा प्रवर्द्दन मेला दमौलीमा भव्यताका साथ सम्पन्न

सर्वज्योति
  • ख-
  • ख+

२७ फागुन । तनहुँ । बजार आर्थिक मन्दि छाएर शहर बजारका शटरहरु खालि भईरहेको बेला तनहुँको दमौलीमा महिला उद्यमी संघ नेपाल तनहुँको आयोजनामा तीन दिवसिय महिला उद्यमी व्यापार प्रदर्शन तथा प्रवर्द्दन मेला भव्यताका साथ सम्पन्न भएको छ ।
मेलामा बिशेषगरि स्थानिय उत्पादनहरुलाई स्टलहरुमा बिक्री तथा प्रदर्शनीका लागि राखिएको थियो । प्रदर्शनीमा हिमाली जिल्ला मुस्ताङका अर्गानिक खाद्य पदार्थदेखि दमौलीकै व्यास कालिका महिला समुहले बनाएका घरेलु सामाग्रीहरु प्रदर्शनी देखि बिक्रीका लागि राखिएको थियो । ३ तिनसम्म चलेको महोत्सवमा उल्लेख्य मात्रामा मानिसहरु अवलोकन तथा स्थानिय सामाग्रीहरु खरिदको लागि आएको र मेला सन्तोषजनकरुपमा समापन भएको आयोजकको भनाई रहेको छ ।
फागुन २५ गतेदेखि २८ गतेसम्म आयोजना भएको मेलाको गण्डकी प्रदेश सभा सदस्य अशोक कुमार श्रेष्ठले उद्घाटन गर्नुभएको थियो भने मेला संचालनको लागि आर्थिक सहयोग गरेको व्यास नगरपालिकाका उप प्रमुख ईन्दिरा दरैले उक्त मेलाको समापन गर्नुभएको थियोे ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्