दुम्सिमा आयोजित ११ दिने शिव महापुराणको समापन

सर्वज्योति
  • ख-
  • ख+

२७ फागनु । तनहुँ । व्यास नगरपालिका वडा नंं १० दुम्सिमा आयोजित शिव महापुराण प्रवचनको आजबाट समापन भएकोछ । ११ दिनसम्म चलेको महापुराण प्रवचन कार्यक्रम आज एक कार्यक्रम गरि समापन गरिएको हो । व्यास नगरपालिकाका मेयर बैकुण्ठ न्यौपानेको प्रमुख आतिथ्यतामा भएको समापन कार्यक्रममा प्रमुख वाचक पंडित नारायण प्रसाद गैह्े, वेद अनुयायी प्रतिष्ठानका केन्द्रीय अध्यक्ष कृष्णकान्त काफ्ले, व्यास १० का निवर्तमान् अध्यक्ष तुलसीराम सापकोटा, व्यास १० का वडा सदस्य यज्ञप्रसाद शर्मा, शिव मा.वि. का अध्यक्ष विकास रिजाल, दुम्सि तल टोल बिकास संस्थाका अध्यक्ष कृष्ण रिजाल, शिवालय आमा समुहकी अध्यक्ष बिष्णु रिजाल लगायतका अतिथि महानुभावहरुको सहभागिता रहेको थियो ।

अर्थ संकलनभन्दा पनि स्थान बिशेषलाई परिचय गराउने मनसायले आयोजित कायक्रममा तनहुँ जिल्लाका अलावा लम्जुगं, कास्की, चितवन, वाग्लुगं पर्वत, काठमाण्डौ लगायतका जिल्लाबाट हजारौ धर्मालम्बीहरुको सहभागि भएको र यो कार्यक्रम सोचेभन्दा बढि सफल भएको आयोजकको भनाई रहेको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्