व्यास नगरपालिकामा सार्वजनिक सुनुवाई सम्पन्न

सर्वज्योति
  • ख-
  • ख+

१ चैत्र । तनहुँ । तनहुँको व्यास नगरपालिकामा आर्थिक बर्ष ०८०। ०८१ को सार्वजनिक सुनुवाई सम्पन्न भएको छ । व्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपानेको सभापतित्वमा भएको कार्यक्रममा उप प्रमुख ईन्दिरा दरै, प्रमुख प्रशासकिय अधिकृत गंगालाल सुवेदी, नगरपालिकाका १४ वटै वडाका अध्यक्ष तथा प्रतिनिधि, कार्यपालिका सदस्यहरु, नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी, रास्वपाका प्रतिनिधि, उद्योग वाणिज्य संघ तनहुँका अध्यक्ष, नगरपालिका भित्रका टोल बिकास संस्थाका अध्यक्षहरु, आमा समुह, विभिन्न विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, प्र.अ. तथा प्रतिनिधिहरु, नगरपालिका कार्यालयका शाखा प्रमुख, पत्रकार बुद्धिजिवि महानुभावहरुको सहभागिता रहेको थियो ।
नेपाल पत्रकार महासंघ तनहुँ शाखाको समन्वयमा भएको कार्यक्रममा सहभागी महानुभावहरुले नगरपालिकाले गरिरहेका कामहरुको बारेमा सल्लाह सुझाव दिनुका साथै जल्दा बल्दा समस्याहरुको बारेमा जिज्ञाशा तथा प्रश्नहरु राख्नुभएको थियो । कार्यक्रममा सहभागीहरु मध्ये अधिकांशले नगरपालिकाले बनाउन लागेको नयाँ बहु्उद्धेश्यिय भवन, नगरपालिकाले फोहोर मैला व्यवस्थापनको लागि खरिद गर्न लागेको जग्गा, पृथ्वी राजमार्ग बिस्तारका क्रममा देखिएका समस्याहरु समाधानका लागि स्थानिय निकाय तत्पर हुनुपर्ने लगायत नगरपालिकामा विकास निर्माणमा ध्यान दिनुपनेृ बिषयमा जिज्ञाशाहरु राख्नुभएको थियो । कार्यक्रममा व्यासका प्रमुख बैकुण्ठ न्यौपानेले राजनीतिक दलका प्रतिनिधिहरु र सर्वसधारणहरुले उठाएका सवालहरुको जवाफ दिनुका साथै प्रमुख प्रशासकिय अधिकृत गंगालाल सुवेदीले कार्यालयसग सम्बन्धित प्रश्नहरुको जवाफ दिनुभएको थियो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्