आँबुखैरेनीबाट लागू औषध सहित १ ब्यक्ति पक्राउ

सर्वज्योति
  • ख-
  • ख+

तनहुँ । तनहुँको आँबुखैरेनी गाउँपालिका वडा नं. ४ बेनिटार स्थित पृथ्बी राजमार्ग सडक खण्डमा नियन्त्रित लागू औषध सहित १ ब्यक्ति पक्राउ परेका छन् । उक्त स्थानमा सवारी साधन चेकजाँच गर्ने क्रममा मुग्लिनबाट पोखरा तर्फ आउदै गरेको ना ५ ख ४०३३ नं. को बसमा सवार जिल्ला रुपन्देही साबिक पट्खौली ३ घर बताउने बर्ष २८ को जनक हरिजनलाई प्रहरीले पक्राउ गरेको हो । बोराको झोलामा लुकाई छिपाई राखेको लागु औषध डाईजोपाम ४७ एम्पुल, नोर्फिन ४७ एम्पुल,फेनरागन ४७ एम्पुल गरी जम्मा १४१ एम्पुल लागु औषध सहित निज जनक हरिजनलाई पक्राउ गरी सम्मानित तनहुँ जिल्ला अदालतबाट दिन ७ म्याद थप अनुमती लिई थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय तनहुँका सुचना अधिकारी एव. प्रहरी नायव उपरीक्षक मोहन बहादुर खाँणले जानकारी दिनुभएको छ ।

 

 

 

 

 

 

 

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्