व्यास ८ पुलिमराङ लप्रीमा एक घर एक धारा खानेपानी उद्घाटन

सर्वज्योति
  • ख-
  • ख+

तनहुँ । तनहुँको ब्यास ८ पुलिमराङ लप्रीमा एक घर एक धारा खानेपानी उद्घाटन भएको छ । कार्यक्रमको उद्घाटन गर्दै ब्यास ८ का अध्यक्ष युवराज गुरुङले  गुरुङ्गले धेरै टाढा टाढाबाट पानी डोकोमा बोकेर ल्याएर खानु पर्ने थियो,अहिले कादुरी एग्रिकल्चरल एण्ड एसोसिएसनको सहयोगले गर्दा सबैजनाको घर घरमा धारा भएको बताउनुभयो ।

व्यास ८ का अध्यक्ष युवराज गुरुगंको पहलमा शुरु भएको उक्त आयोजनाका लागि कादुरी एग्रिकल्चरल एण्ड एसोसिएसन व्रिटिश गोर्खाज, नेपाल पोखराले खाने पानीको लागि सम्पुर्ण बजेट ब्यवस्थापन गरेको थियो । आयोजनाको कुल खर्च ८१ लाख १ हजार ४९५ रुपैया कुल खर्च भएको आयोजनामा उपभोक्ताबाट ८ लाख २९ हजार बराबरको श्रमदान गरेको थिए । उक्त आयोजनाबाट ४६२ जना व्यक्तिहरु लाभांवित भएका छन् । ९४ वटा धारा जोडिएमा ८८ वटा घरमा, विद्यालय १, सहकारी १ स्वास्थ्य चौकी १, सामुदायिक भवन ३ वटा रहेको छ ।
कार्यक्रम पुलिमराङको लप्री खानेपानी उपभोक्ता समितिका अध्यक्ष विर्ख बहादुर गुरुङको अध्यक्षयतामा  सम्पन भएको थियो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्