श्रीमानको हत्या गर्न श्रीमतीको सुपारी, सिन्धुपाल्चोकबाट सिक्लेस लगेर हत्या

सर्वज्योति
  • ख-
  • ख+

पोखरा । कास्कीको मादीमा निर्माणाधीन हाइड्रोपावरमा काम गर्ने भनेर फकाए । सिन्धुपाल्चोक जगुल गाउँपालिका वडा नम्बर ३ गुम्बा घर भएका रामलाल तामाङ खुसी हुँदै सिक्लेस आए । रामलालले डोजर, एक्स्काभेटर चलाउँथे । हाइड्रोमा काम पाए कमाई पनि राम्रो हुने उनलाई थाहा थियो । तर काम गर्न आएका उनी चैत ३ गते मृत भेटिए ।

अनुसन्धान गर्दै जाँदा उनको हत्या भएको खुल्यो । उनको हत्या गरेर सँगै आएका ३ जना फरार भए । उनको हत्या गर्न आफ्नै श्रीमतीले टोली खटाएको प्रहरी अनुसन्धानबाट खुलेको छ । हत्या आरोपमा श्रीमती र उनीसँगै हाइड्रोमा काम आएका ३ जनालाई काठमाडौँ र भक्तपुरबाट पक्राउ गरी पोखरा ल्याएको कास्की प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेमा श्रीमती च्याङ्मा तामाङ, उनलाई ल्याउने धनबहादुर लामा, नवीन तामाङ र अजित तामाङ छन् । पक्राउ परेकै एक जनासँग च्याङ्माको सम्बन्ध रहेको पाइएको प्रहरीले जनाएको छ । रामलालको शव उनका बुबाले बुझेका छन् । उनको ज्याकेटको गोजीबाट स्काभेटरको चाबी भेटिएको छ । वडाध्यक्ष देवीजंग गुरुङको समन्वयमा उनको शवको पहिचान भएको हो ।
साभारः रातोपाटी

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्