सत्य निरुपण तथा मेलमिलाप आयोगद्धारा तनहूँमा पिडितलाई परिचय पत्र वितरण

  • ख-
  • ख+

तनहूँ । सत्य निरुपण तथा मेलमिलाप आयोगका सदस्य मन दाहालले आईतवार तनहूँमा ८ जना पिडितलाई परिचयपत्र वितरण गरियो । । सत्य निरुपण तथा मेलमिलाप आयोग बबरमहल, काठमाण्डौंको आयोजनामा आईतवार तनहूँमा भएको पिडितहरुलाई परिचयपत्र वितरण तथा अन्र्तक्रिया कार्यक्रममा पिडितहरुलाई परिचय पत्र हस्तान्तरण गरिएको हो । उक्त अवसरमा सदस्य दाहालले सरकारको पहल कदमीमा परिचयपत्र वितरण गरिएको र स्थानिय निकायको पहलमा यो क्रम अझै चलिरहने बताउनुभएको थियो ।

कार्यक्रममा व्यास नगरपालिकाका मेयर बैकुण्ठ न्यौपानेले पिडितहरुले सोचाई अनुरुप काम हुन नसकेकोले पनि पिडितहरुमा निराशा छाएको बताउनुभएको थियो ।
उक्त अवसरमा प्रमुख जिल्ला अधिकारी सागर आचार्यले गृहमन्त्रालयको पहलकदमीमा काम भईरहेकोमा छुटेकाहरुको पनि चाडै पहलकदमी हनेमा आफु विश्वस्त रहेको बताउनुभएको थियो ।

सत्य निरुपण तथा मेलमिलाप आयोगका उपसचिव गोपीकृष्ण रेग्मी, प्रहरी नायव उपरिक्षक युवराज तिमल्सेना, नेपाल पत्रकार महासंघ तनहूँका अध्यक्ष ओमकार आचार्य लगायतका महानुभावहरुको उपस्थिति रहेको थियो ।
कार्यक्रममा उपस्थित पिडित परिवारले ढिलै भएपनि परिचयपत्र प्राप्त गरेकोमा खुशी व्यक्त गर्नुभएको थियो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?