४ असइसहित २३ प्रहरी सम्पर्कविहीन

सर्वज्योति
  • ख-
  • ख+

१३ चैत, काठमाडौं । नेपाल प्रहरीका चार जना असइ (प्रहरी सहायक निरीक्षक) सहित २३ जना कर्मचारी सम्पर्कविहीन भएका छन् ।

सूचना जारी गरी खोजतलास गर्दा पनि सम्पर्कमा नआएको प्रहरी प्रधान कार्यालयलले जनाएको छ ।

प्रहरी प्रधान कार्यालयले सूचना जारी गर्दै सम्पर्कमा नरहेका कर्मचारीलाई सात दिनभित्र सन्तोषजनक स्पष्टीकरणसहित हाजिर हुन भनेको छ ।

तोकिएको अवधिमा पनि सम्पर्कमा नआए आवश्यक कार्बाही प्रक्रिया अघि बढाइने सूचनामा उल्लेख छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्