२२ चैत्र । तनहुँ । तनहुँको व्यास नगरपालिका वडा नं. ११ निर्बु बराहाखोलाको बराहा मन्दिरको कुण्डमा मस्त्यका देवता रजबाम छोडिएको छ । माछा मार्ने क्रममा बुल्खिोलामा रिसिगं १ तल्लो सेटागंका ईमान सिंह थापा लगायतका टोली फेला पारेको रजबाम उत्तः मन्दिर परिसरमा रहेको कुण्डमा छोडिएको हो । थापाले रजबाम भेटेपश्चात व्यास ११ रानीगाउँका राजु पोखरेल र चित्र बहादुर दरैको संयोजनमा उक्त रजबाम निर्बु बराहखोलामा रहेको मन्दिरको कुण्डमा लगिएको हो । रजबामलाई मत्स्य देवताको रुपमा पुजा गरिदै आएकोले रजबामलाई मन्दिरको कुण्डमा राख्न पाउदा आफुहरु प्रसनन भएकोृ उक्त मन्दिर संरक्षण समितिका अध्यक्ष तुलसी भण्डारीले बताउनुभएको छ ।
आँटेको तोकेको मनकामना पुरा गराईदिने स्थानको रुपमा परिचित निर्वु बराहा खोलाको बराहा मन्दिर पर्यटकिय रुपमा पनि उत्कसष्ट गन्तव्य भएको र यस्को प्रचार प्रसार गरेर धार्मिक महत्वको बारेमा जानकारी दिनु आवश्यक रहेकोले आफुहरु माछा मार्ने मानिसहरुले भेटाएको रवबाम लिएर आएको विष्णु बहादुर पोखरेलले बताउनुभएको थियो ।
दमौली बजारबाट करिब ८ किलोमिटर उत्तरतर्फ रहेको उक्त मन्दिर प्राकृतिकरुपमा आर्कषक स्थानमा रहेको छ भने यहाँ भएका मन्दिर , पाटी पौवा र कुण्डहरुले उक्त क्षेत्रको शोभा बढाईरहेका छन् ।









