विराटनगर । धनकुटामा पोल्टी फर्मले फालेको लेदोमा डुबेर दुई किशोरको मृत्यु भएको छ।
धनकुटा नगरपालिका- १० पात्लेमा रहेको पोल्टी फर्मले फालेको लेदोमा डुबेर स्थानीय दुई किशोरको मृत्यु भएको धनकुटा प्रहरी प्रमुख प्रहरी उपरीक्षक श्यामसिंह चौधरीले जानकारी दिए ।
उनका अनुसार धनकुटा नगरपालिका- १० का ११ वर्षीय मनिष खतिवडा र धनकुटा-९ का १६ वर्षीय दीपेश ओझाको घटनास्थलमै मृत्यु भएको थियो ।
साभारः नेपाल प्रेस








