माटोको ढिस्कोमा पुरिँदा दुई जना बालकको मृत्यु

सर्वज्योति
  • ख-
  • ख+

दाङ जिल्लाको घोराहीमा माटोको ढिस्कोले पुरिँदा दुई जना बालकको मृत्यु भएको छ।

घोराही उपमहानगरपालिका वडा नम्बर ९ कर्मटियाका १२ वर्षीय माधव चौधरी र आशिष चौधरीको आइतबार दिउँसो खेल्ने क्रममा माटोको ढिस्कोले पुरिँदा मृत्यु भएको हो।

जिल्ला प्रहरी प्रमुख एसपी रामबहादुर केसीका अनुसार बबई नदी किनारमा खेल्न गएका चार बालक मध्ये तीन जनालाई माटोको ढिस्कोले पुरेको थियो।

घटनापछि गाउँलले उद्धार गरी अस्पताल पुर्‍याइएका मध्य दुई जनालाई चिकित्सकले तत्काल मृत घोषणा गरेका थिए। अर्का एक जना बालकलाई सँगै खेल्न गएका बालकले केही अंश पुरिएको अवस्थामा सकुशल उद्धार गरेको एसपी केसीले बताए।

सँगै खेल्न गएका चार मध्ये अर्का एक जना बालक पनि सकुशल फेला परेका थिए।

प्रहरी अधिकारीका अनुसार बबई नदी किनारमा इट्टा भट्टा संचालकले खनेर खाडल बनाएको स्थानमा खेल्ने क्रममा बालकहरू ढिस्कोले पुरिएका थिए।

घटनाबारे अनुसन्धान जारी रहेको एसपी केसीले बताए।

साभारः सेतोपाटी

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?