पुर्व न्यायाधिशको भनाइप्रति मुस्लिम महिला समुहको आपत्ति

सर्वज्योति
  • ख-
  • ख+

६ बैशाष । तनहुँ । पुर्व  न्यायाधिश कमलनारायण दासले ईस्लाम धर्म अपमानित शब्द व्यक्त गरेकोमा तनहुँको नुर मुस्लिम महिला समुुहले आपत्ति प्रकट गरेको छ ।

समुहले आज तनहुँका प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमलाई एक ज्ञापनपत्र बुझाउदै सामाजिक सञ्जाल मार्फत ईस्लाम धर्मावलम्बीहरुका पैगम्बर मोहम्मद (स.अ.व) को बारेमा भ्रामक तथा अनादर र अपमानीत हुने शब्दहरु प्रयोग गरी सामाजिक संजालमा पोस्ट गरेका पुर्व न्यायाधिश कमलनारायण दासलाई कडा भन्दा कडा कारवाहीको माग गरेेको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्