हेलिकोप्टर दुर्घटनामा केन्याका सेना प्रमुखको निधन

सर्वज्योति
  • ख-
  • ख+

केन्या, ७ बैशाख । केन्याका सैन्य प्रमुख फ्रान्सिस ओगोलाको हेलिकोप्टर दुर्घटनामा परी निधन भएको छ ।

देशको पश्चिमी भागमा हेलिकप्टर दुर्घटनामा उनको मृत्यु भएको राष्ट्रपति विलियम रुटोले टेलिभिजन सम्बोधनमा घोषणा गरेका छन् । स्थानीय समय अनुसार बिहीबार दिउँसो उडेको केही समयपछि हेलिकप्टर दुर्घटना हुँदा ओगोला र सेनाका अन्य ९ सदस्यको मृत्यु भएको रुटोले जानकारी दिए । उनका अनुसार दुर्घटनामा दुई जना बाँच्न सफल भएका छन ।

‘केन्या रक्षा बलका प्रमुख जनरल फ्रान्सिस ओमोन्डी ओगोलाको निधनको घोषणा गर्नु पर्दा म गहिरो दुःखी छु,’ उनले भने।

दुर्घटनाको कारण पत्ता लगाउन अनुसन्धानकर्ताहरूको टोली एल्गेयो माराक्वेट काउन्टीको दुर्घटनास्थलमा पठाइएको रुटोले जानकारी दिएका छन ।

ओगोला बिहीबार नैरोबीबाट देशको उत्तरी रिफ्ट क्षेत्रमा भ्रमण गर्न पुगेका थिए । र, चलिरहेको विद्यालय नवीकरणको निरीक्षण गर्न बिहीबार प्रस्थान गरेका हुन ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्