व्यास ३ का युवाहरुलाई ४५ दिने कफि बनाउने तालिम शुरु

सर्वज्योति
  • ख-
  • ख+

९ बैशाष । तनहुँ । व्यास नगरपालिका वडा नं. ३ ले वडाका युवाहरुलाई ४५ दिने वारिष्टा (कफि) बनाउने तालिमको शुभारम्भ गरेको छ । उक्त तालिम कार्यक्रमको आज व्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपानेले उद्घाटन गर्नुभएको छ । तालिम कार्यक्रमको उद्द्धघाटन गर्दै नगर प्रमुख न्यौपानेले युवाहरुले सिप सिकेर रोजगार बनि स्वदेशमा नै सम्मानपूर्वक जिवनयापनको लागि लाग्नुपर्ने बताउनुभएको थियो । साथै उहाँले यस्ता तालिमहरु लिएपश्चात स्वरोजगार बन्नेतर्फ पाईला चाद्यनुर्ने पनि बताउनुभएको थियो ।
व्यास ३ का अध्यक्ष अनुप रानाको अध्यक्षतामा भएको उक्त कार्यक्रममा वडा सदस्य दधिराज घिमिरेले तालिमको बारेमा प्रकाश पार्नुभएको थियो । कार्यक्रममा वडा सदस्य श्रीमाया बि.क. लगायतका महानुभावहरुको उपस्थिति रहेको थियो ।
व्यास नगरपालिकामा पहिलोपटक संचालित बारिष्टा ( कफि) बनाउने तालिममा ३० जना युवाहरु सहभागिता रहेको र उक्त तालिम बैशाष ९गतेदेखि जेठ २४ गतेसम्म संचालन हुने वडा कार्यालयले जनाएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्