एमाले सुन्दरबजार नगर कमिटि अध्यक्षमा द्धारिका मिश्र निर्वाचित

सर्वज्योति
  • ख-
  • ख+

१८ बैशाख । बेसीशहर । नेकपा एमाले सुन्दरबजार नगर कमिटिको अध्यक्षमा द्धारिका मिश्र निर्वाचित हुनु भएको छ । नगर कमिटिको नयाँ नेतृत्व चयनको लागि सोमवार भएको निर्वाचनमा अध्यक्ष पदका प्रत्यासी उमेदवार लोकराज पाण्डेलाई हराउँदै मिश्र नगर कमिटिको अध्यक्षमा निर्वाचित हुनुभएको हो । निर्वाचित अध्यक्ष मिश्रले १ सय ४९ मत प्राप्त गर्नुभएको छ । पाण्डेले ३९ मत प्राप्त गर्नुभयो ।

नगर कमिटि उपाध्यक्षमा सुन्दरवजार ७ का वडाअध्यक्ष समेत रहेको जयराम रेग्मी निर्विरोध निर्वाचित हुनुभएको छ । सचिवमा १ सय ३२ मत सहित सुर्यकान्त अधिकारी निर्वाचित हुनुभएको छ । सचिव पदका अर्का उम्मेदवार रघुनाथ मिश्रको ५५ मत आएको छ ।

अध्यक्ष र सचिव पदमा सहमति हुन नसकेपछि नेतृत्व चयनका लागि सोमबार दिउँसो मतदान गरिएको थियो । २ सय ८ प्रतिनिध मध्ये १ सय ९३ जनाले मतदान गरेका थिए । नगर कमिटिको सहसचिवमा नविनकुमार श्रेष्ठ र विष्णु श्रेष्ठ सर्वसम्मत निर्वाचित भएका छन् । भूगोल सदस्य, खुला सदस्य सवैमा सर्वसम्मत भएको छ । सुन्दरबजार नगरपालिका ९ भोटेओडारको पैह्रेमा संम्पन्न तेस्रो नगर अधिबेसनले ६५ सदस्यीय नगर कमिटि चयन गरेको छ ।

सदस्यहरुमा लक्ष्मी प्रसाद मिश्र, सन्तोष श्रेष्ठ, आरती पोखरेल, मिलन केसी, इन्दुर अधिकारी, बलवहादुर कुवर, विमला रेग्मी, तिर्थराज परियार, आनन्दराज श्रेष्ठ, मिरा श्रेष्ठ, चन्द्रमाया दर्जी लगायतका रहेका छन् ।

यसैगरी लेखा कमिति तर्फ अध्यक्षमा सुमन कुमार श्रेष्ठ, उपाध्यक्ष हरिप्रसाद पोखरेल, सदस्यहरुमा वसन्तवहादुर नेपाली र विमल परियार चयन भएका छन् । निर्वाचित नगरकमिटि अध्यक्षलाई सोमवार नै एमाले जिल्ला कमिटि सदस्य प्रेम भट्टराईले शपत ग्रहण गराउनुभएको निर्वाचन मण्डलका अध्यक्ष सिंहवहादुर थापाले वताउनुभयो ।
मर्स्याङदी समाचार

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्