अमेरिकाबाट राजु बिक्रम अधिकारीले गरे विद्यालयलाई ५० हजार सहयोग

  • ख-
  • ख+

अमेरिका निवासी अधिकारीले आफु पढेको विद्यालयले सहयोग लागि आव्हान गर्दा सहजै उक्त रकम सहयोग गर्ने प्रतिवद्धता जनाउनुभएको हो, अधिकारीले यसअघि नै उक्त विद्यालयमा पुस्तकालय स्थापना गरिसक्नुभएको छ ।

तनहूँ । तनहूँ जिल्ला भानु वडा नं. १३ ठुलोढुगांमा रहेको अरनिको माध्यमिक बिद्यालयमा आगामी शैक्षिक सत्र देखि आधारभुत तहमा अंग्रेजी माध्यममा पठनपाठन संचालन गर्न लागिएको छ । उक्त पठनपाठनको लागि पुस्तक खरिद गर्नको लागि खर्च अभाव भएपश्चात पुर्व विद्यार्थी मन्चले सहयोगी दाताहरुलाई अपिल गरे पश्चात सहयोग गर्ने दाताहरुको संख्या बढेको छ ।
त्यसैक्रममा उक्त बिद्यालयका पुर्व विद्यार्थी भानु नगपालिका वडा नं. १२ आहालेका बासिन्दा हाल अमेरिका निवासी राजु बिक्रम अधिकारीज्युले अंग्रेजी माध्यममा पठनपाठन संचालन गर्न पुस्तक खरिदलाई सहज होस् भन्ने भावना राख्दै आफु ५० हजार रुपैया सहयोग गर्ने प्रतिवद्धता जनाउनुभएको छ । अरनिको माध्यमिक बिद्यालय पुर्व विद्यार्थी मन्चका अध्यक्ष गल गुरुङ्ग दिपुका अनुसार अमेरिका निवासी अधिकारीले आफु पढेको विद्यालयले सहयोग लागि आव्हान गर्दा सहजै उक्त रकम सहयोग गर्ने प्रतिवद्धता जनाउनुभएको हो, अधिकारीले यसअघि नै उक्त विद्यालयमा पुस्तकालय स्थापना गरिसक्नुभएको छ ।

पाठ्यपुस्तक खरिदका लागि प्रत्येक बर्ष १ लाख बराबरको रकम आवश्यक पर्ने, गरिब तथा जेहन्दार बिद्यार्थीलाई पठनपाठन सहज बनाउन र विद्यालयको शैक्षिकस्तर तथा आर्थिकस्तर सुधारका लागि पनि अक्षयकोषको आवश्यकता रहेकोले अभियान शुरु गरेपश्चात विद्यालयका शुभेच्छुक तथा बिशेष गरि पुर्व विद्यार्थीहरुबाट सहयोग आउने क्रम तिव्र रहेको अरनिको माध्यमिक बिद्यालय पुर्व विद्यार्थी मन्चका पदाधिकारीहरुको भनाई रहेको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्