चोरीपैठारीको सामानसहित मोटरसाईकल नियन्त्रणमा

सर्वज्योति
  • ख-
  • ख+

२१ बैशाष । रौतहट । रौतहट जिल्लाको विभिन्न स्थानबाट बैशाख २० गते करीव १० लाख ३३ हजार लाख रुपैयाँ बराबरको चोरीपैठारीको सामानसहित मोटरसाईकल र साईकल नियन्त्रणमा लिएको छ ।
भारतबाट अवैध रुपले ४ वटा मोटरसाईकल र ६ वटा साईकल राखेर नेपालतर्फ ल्याउँदै गरेको लत्ताकपडा, किराना सामान र मदिरा नं. ११ गण रौतहट र मातहत कार्यालयले नियन्त्रणमा लिएको छ ।
बरामद सामान तथा मोटरसाईकल, साईकल आवश्यक कारवाहीको लागि गौर भन्सार कार्यालय रौतहटमा बुझाईएको छ । बरामद मोटरसाईकल तथा साईकलको भन्सार दाखिला मुल्य ५ लाख रुपैयाँ रहेको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्