कम्प्युटर एशोसिएन नेपाल (क्यान) महासंघ जिल्ला शाखा तनहुँले व्यास–५ चापाघाट स्थित दिवाकालिन जेष्ठ नागरिक आश्रमलाई खाद्यान्न तथा आर्थिक सहयोग गरेको छ । सूचना प्रविधि दिवस मे–२ को अवसरमा आश्रमलाई फलफुल, खाद्यान्नका साथमा रु।पाँच हजार आर्थिक सहयोग गरेको हो । कम्प्युटर एशोसिएन नेपाल केन्द्रीय सदस्य तुलसीराम पाण्डे, ब्यास ५ का वडा अध्यक्ष बिष्णु कुमार श्रेष्ठ (हिमाल) कम्प्युटर एशोसिएन नेपाल तनहूका अध्यक्ष विश्व प्रकास भुसाल लगायतकाले आश्रमका अध्यक्ष बिष्णु गौतमलाई नगद तथा उक्त सामाग्री हस्तान्तरण गरेका थिए ।
कार्यक्रममा बोल्दै वडाध्यक्ष श्रेष्ठले ज्येष्ठ नागरिकसंग भएका सीप र ज्ञान युवा पुस्तामा हस्तान्तरण गर्दै जानुपर्नेमा जोड दिए । पुराना कुरा युवालाई सिकाउँदै गएको अवस्थामा हामीमूनिका पुस्तालाई हस्तान्तरण गर्न सहजका साथै संरक्षणमा सहयोग पुग्ने उनले बताए ।
क्यानका केन्द्रीय सदस्य तुलसीराम पाण्डेले क्यानले बुवाआमाहरुलाई सहयोग गर्न पाउदा निकै खुशी लागेको लागेको बताए । आदार र सम्मान गर्नुपर्ने व्यक्तित्वलाई आफ्नो व्यवसायबाट बचाएर जेजति सहयोग गर्न सकियो सहयोग गर्न पाउँदा क्यान परिवार खुशी भएको बताउनु भयो ।
कार्यक्रममा आश्रमका अध्यक्ष बिष्णु गौतमले दैनिक ३०/४० जना जेष्ठ नागरिकहरु जमघट भई भजनकिर्तनमा रमाउने स्थलको रुपमा विकास हुदै गएको बताए ।
विसं २०७२ सालदेखि आश्रम संचालन गर्दै आएको अध्यक्ष गौतमले बताए । कार्यक्रममा क्यानका जिल्ला सचिव सुशिल कुमार श्रेष्ठले संचालन गर्नुका साथै कोषाध्यक्ष मिनबहादुर कुँवर कार्यक्रममा स्वागत मन्तव्य व्यक्त गरेका थिए ।








