भारतमा हुने चुनावका कारण जनकपुर-जयनगर-भंगाहा रेल सेवा आजदेखि तीन दिन बन्द रहने

सर्वज्योति
  • ख-
  • ख+

जनकपुर-जयनगर-भंगाहा रेल सेवा आजदेखि तीन बन्द हुने भएको छ।

भारतमा हुने लोकसभा चुनावका कारण रेल सेवा मंगलबारसम्म हुने भएको हो।

भारत मधुवनी जिल्लाको भंझारपुर संसदीय निर्वाचन क्षेत्रमा ७ मे २०२४ (वैशाख २५) मा लोकसभा चुनाव हुँदैछ।

नेपाल रेल्वे कम्पनी लिमिटेडले सूचना जारी गरी रेल सेवा तीन आइतबारदेखि मंगलबारसम्म बन्द हुने जानकारी दिएको छ।

इन्डो नेपाल अन्तर्राष्ट्रिय बोर्डर सिल गर्ने गरी नेपाल भारतका दुबै पक्ष सम्मिलित बोर्डर जिल्ला कोअर्डिनेसन कमिटीबाट भएको निर्णयअनुसार रेल सेवा मंगलबारसम्म पूर्ण रूपमा बन्द रहने छ।

 

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?