मन्दिर परिसरको पोखरीका माछाहरु मर्न थालेपछि आँदिमुल मन्दिरमा गरियो क्षमा पुजा

बाबुराम नेपाली
  • ख-
  • ख+

तनहुँ । आदिमुल मन्दिरमा क्षमा पुजा सम्पन्न भएको छ । बिगत बैशाख ३१ गते देखि मन्दिर परिसरमा रहेका पोखरीमा भएका माछाहरु मर्न शुरु गरेको र त्यो क्रम प्रत्येक दिन बढ्न थालेकोले आदिमुल क्षेत्र संरक्षण समितिका अध्यक्षले स्थानिय सरकारको रोहबरमा बैशाख ४ गते आपतकालिन वडाभेलाको आयोजना गर्नुभएको थियो । सो वडाभेलामा स्थानीयको बाक्लो उपाथिति रहेको थियो । उपस्थित अधिकांस जनसमुदायको राय अनुसार बैशाख ७ गते क्षमा पुजाको आयोजना गरिएको हो ।
आँबुखैरेनी गाउँपालिका अध्यक्ष शुक्र चुमान, उपाध्यक्ष दुर्गा अर्याल, प्रमुख प्रशासकीय अधिकृत बिष्णु शर्मा, वडा नं. १ का वडाध्यक्ष प्रेम बहादुर गुरुङ लगायत अधिकांस स्थानिय सो क्षमा पुजामा उपस्थित भइ पुजा अर्चना तथा प्रसाद ग्रहण गर्नुभएको थियो । चार सय भन्दा बढी भक्तजनहरुबाट रु.१ लाख ४८ हजार दुई सय साठी रुपैया संकलन गरिएकोमा पुजा संचालनको लागि ५२ हजार पाँच सय पन्ध्र रुपैया खर्च भएको तथा बाँकी रकम आँदीमुल क्षेत्र संरक्षण समितिलाई हस्तान्तरण गरिएको आँदीमुल क्षेत्र संरक्षण सल्लाहकार समितिका संयोजक किसान थापाले बताउनुभयो ।
क्षमा पुजा कार्यक्रमको समापन पछि संयोजक किसान थापाको अध्यक्षतामा सल्लाहकार समितिको बैठक बसी कार्यक्रमको समीक्षा गर्नुको साथै आँदीमुल क्षेत्रलाई संरक्षण, सुधार तथा बिकासको लागि चाल्नुपर्ने आवश्यक कदमबारे छलफल गरिएको थियो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्