ट्रकको ठक्करबाट अप्सरा दाहालको मृत्यु

सर्वज्योति
  • ख-
  • ख+

१४ जेठ, काठमाडौं । ललितपुरको सातदोबाटोमा ट्रकले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ ।

मृत्यु हुनेमा काभ्रेको धुलिखेलकी ४० वर्षीया अप्सरा दाहाल छिन् । सातदोबाटोमा बाटो काट्ने क्रममा उनलाई ना ८ छ ७५०६ नम्बरको ट्रकले ठक्कर दिएको जिल्ला प्रहरी परिसर ललितपुरका प्रवक्ता तथा एसपी नरेशराज सुवेदीले जानकारी दिए ।

ट्रकको ठक्करबाट गम्भीर घाइते भएकी उनको उपचारको क्रममा पाटन अस्पतालमा मृत्यु भएको हो । गाडी र चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाइएको एसपी सुवेदीले बताए ।
साभारः अनलाईन खबर

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्