खोलाले जिप बगाउँदा ईलाममा बच्चा र महिलाको मृत्यु

सर्वज्योति
  • ख-
  • ख+

विराटनगर । इलामको चुलाचुली गाउँपालिका वडा ५ मा रतुवा खोलाले जिप बगाउँदा २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा एक बच्चा र एक महिला रहेको प्रहरीले जनाएको हो ।

इलामका प्रहरी प्रमुख प्रभु ढकालका अनुसार बालिकाको आमा भने अस्पतालमा उपचाररत छिन् । यस्तै ३ जना पुरुषको पनि उपचार भइरहेको उनले जानकारी दिए ।

इलामको लारूम्बाबाट दमक आउँदै गरेको बोलेरो जिपलाई रतुवा खोलाले बगाएको थियो । जिपमा ६ जना सवार थिए । प्रहरीले जिप खोलाले बगाएको अवस्थामा फेला परेपनि निकाल्न भने प्रयास गरिरहेको जनाएको छ । मृतक र घाइतेको पहिचान अझै हुन सकेको छैन ।
रातोपाटी

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्