२९ जेठ । तनहुँ । व्यास नगरपालिका वडा नं. ३ को आयोनामा भएको ४५ दिन कफि बनाउने (बारिष्टा ) तालिम सम्पन्न भएको छ । व्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपानेको प्रमुख आतिथ्यतामा आज उक्त कार्यक्रमको समापन गरियो । उक्त तालिम समापन कार्यक्रममा तालिममा सहभागी ३३ जना युवाहरुलाई शुभकामना दिदै स्वरोजगार हुने तालिम लिएकोले त्यसै अनुरुप काम गनर्न र त्यसको लागि नगरपालिकाले सदा सहयोग गर्ने प्रमुख अतिथि िलगायतका महानुभावहरुले बताउनुभएको थियो ।
व्यास ३ का अध्यक्ष अनुप रानाको सभापतित्वमा भएको कार्यक्रममा तनहुँ उद्योग बाणिज्य संघका पुर्व अध्यक्ष पविन्द्र कुमार श्रेष्ठ, वडा सदस्यहरु, विभिन्न टोल विकास संस्था, आमा समुह, महिला समुहका पदाधिकारी लगायतका महानुभावहरुको उपस्थिति रहेको थियो ।
वडा सदस्य विनु श्रेष्ठले स्वागत मन्तव्य राखेको कार्यक्रमको संचालन वडा सचिव सावित्री आचार्यले संचालन गर्नुभएको थियो ।








