तनहुँ । च्याउ खादा तनहुँको आँबुखैरेनी गाउँपालिका वडा नं. ६ हिलेखर्कमा ५ जना बिरामी भएका छन् । असार १ गते विहान करिब बजे हिलेखर्क बस्ने बर्ष ५४ को डिल बहादुर गुरुङले नजिकै रहेको जंगलबाट ल्याएको च्याउ खादाँ उक्त स्थानमा नै बसोवास गर्ने ५ जना ब्यक्तीहरु बिरामी भएका हुन् । बिरामी हुनेहरुमा ५४ बर्षिय डिल बहादुर गुरुङ, ५७ बर्षिय मधु गुरुङ, ९२ बर्षिय रण बहादुर गुरुङ, ८५ बर्षिय द्रोणपती गुरुङ र ५८ बर्षिय पम्फी गुरुङ रहेका छन् ।
निजहरु मध्ये २ जनाको नयाँ मेडिकल नयाँ मेडिकल कलेज भरतपुर चितवन, ३ जनाको आबुखैरेनी अस्पताल आबुखैरेनी तनहुँमा उपचार भईरहेको र घटना बारे थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक एवं सुचना अधिकारी दिपक कुमार रायले जानकारी दिनुभएको छ ।








