आज अन्तर्राष्ट्रिय योग दिवस

सर्वज्योति
  • ख-
  • ख+

काठमाडौँ । आज दशौँ अन्तर्राष्ट्रिय योग दिवस, नेपालमा पनि विभिन्न कार्यक्रमका साग यो दिवस मनाइँदै छ । सरकारले यो दिवस मनाउन शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठको अध्यक्षतामा मूल समारोह समिति समेत गठन गरेको छ ।

यस अवसरमा आज बिहानैदेखि विभिन्न स्थानहरुमा योगाभ्यासहरू भइरहेका छन् । सहभागीहरूले योगका विभिन्न अभ्यास गरिरहेका छन् ।

मूल समारोह समितिले प्रदेश र स्थानीय तहमा पनि योग दिवस मनाउन पत्राचारका साथै विद्यालय स्तरमा दिवस मनाउन सबै शिक्षा विकास तथा समन्वय एकाइमार्फत विद्यालयहरूलाई अनुरोध गरेको थियो ।

संयुक्त राष्ट्रसङ्घको महासभाबाट सन् २०१४ को डिसेम्बर ११ मा योग दिवस मनाउने प्रस्ताव पारित भएपछि सन् २०१५ को जुन २१ देखि यो दिवस मनाउन थालिएको हो ।

 

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्