बाढीले एकै परिवारका चारजना बगायो: एकको मृत्यु, दुई बेपत्ता

सर्वज्योति
  • ख-
  • ख+

मोरङ । मोरङ र सुनसरीको सिमानामा पर्ने बुढीखोलाको बाढीले एकै परिवारका चार जनालाई बगाएको छ ।

मंगलबार दिउँसो माछा मार्ने क्रममा सुन्दरहरैँचा नगरपालिका–५ का एकै परिवारका चारजना बगेकामा एकको मृत्यु भएको छ । फुदनी भन्ने २२ वर्षीया प्रेमकला चौधरीको निधन भएको वडाध्यक्ष गणेश चौधरीले जनाकारी दिए ।

यसैगरी बढीले बगाउँदा सो परिवारका दुईजना बेपत्ता छन् । बेपत्ता हुनेमा ६० वर्षीया असरादेवी चौधरी (सासू) र अन्दाजी २५ वर्षीया जेठी बुहारी फुला चौधरी रहेका छन् । माइली बुहारी २२ वर्षीया स्वस्तिका चौधरी सकुशल रहेको वडाध्यक्ष चौधरीले बताए ।
नेपाल प्रेस

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्