लमजुङमा पहिरोमा पुरिएर ४ जना बेपत्ता

सर्वज्योति
  • ख-
  • ख+

(तस्विरः सांकेतिक)

१२ असार । तनहुँ। लमजुङमा पहिरोले घर बगाउँदा ४ जना बेपत्ता भएका छन् ।

क्व्होलासोथार गाउँपालिका वडा नं. ३ बगुम् मा मंगलबार राति गएको पहिरोले तीनवटा घर बगाउँदा ४ जना बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय लमजुङका डीएसपी मीनबहादुर घलेले जानकारी दिए ।

आज बिहान पौने ५ बजे पहिरोले घर बगाएको खबर आएपछि सुरक्षाकर्मीको टोली घटनास्थल गएको छ । घटना भएको ठाउँमा राम्रोसँग फोन सम्पर्कसमेत नभएको डीएसपी घलेले बताए ।

उनका अनुसार बाटोमा थुप्रै पहिरोहरु गएको र सवारी साधनहरु चल्न नसकेका काराण उद्धारका लागि नेपाल आर्मी, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोली घटनास्थल पुगेको छ ।

त्यस क्षेत्रमा अहिले पानी परिरहेको छ । सञ्चार असुविधाका कारण थप विवरण नआएको डीएसपी घलेले बताए ।

 

 

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्