१७ असार ।पोखरा । स्याङ्जा का एक युवा पोखराबाट लागू औषध सहित पक्राउ परेका छन्। स्याङजाको बिरुवा गाउँपालिका वडा नं.२ घर भएका ३२ वर्षीय अर्ण बहादुर थापा लागू औषध सहित पक्राउ परेका हुन्।
पोखरा महानगरपालिका वडा नं. १४ मझेरीपाटनस्थित डेराकोठाबाट पक्राउ परेका थापाको साथबाट लागू औषध गाँजा तीनसय ग्राम, नाईट्रोभ्याट एकसय ४४ चक्की र नगद चार हजार सातसय ८० रुपियाँ समेत बरामद भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ।
लागू औषध विक्रीबितरण गरेको आरोपमा उनलाई वडा प्रहरी कार्यालयरामबजार कास्कीबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको प्रहरीले बताएको छ।पक्राउ परेका अभियुक्त थापाबिरुद्ध कास्की जिल्ला अदालतबाट लागू औषध सम्बन्धी मुद्दामा सात दिनको म्याद थप गरी अनुसन्धान प्रकृया अगाडी बढाईएको प्रहरीले जनाएको छ ।