६ साउन, तनहुँ । चार बेद अठार पुराणका रचयिता वेदव्यासको सम्झनामा व्यास जयन्ती पनि मनादैछ । आषाढ शुक्ल पूर्णिमाकै दिन वेद व्यास जन्मिएकाले यसै दिन व्यास जयन्ती मनाउने गरिएको हो ।
वेदव्यासले वेदलाई ऋग्वेद, यजुर्वेद, सामवेद र अथर्ववेद गरी चार भागमा विभाजन गरी यसको अर्थ बुझाउन सरल संस्कृत भाषामा १८ पुराण र १८ उपपुराणको रचना गरेका थिए ।
पाँचौं वेदसमेत भनिने महाभारत पनि व्यासले नै रचना गरेका थिए ।








