कीर्तिपुरका मेयर राजकुमार नकर्मी गम्भीर विरामी, वीरमा उपचार हुँदै

सर्वज्योति
  • ख-
  • ख+

१० साउन, काठमाडौं। कीर्तिपुर नगरपालिकाका मेयर राजकुमार नकर्मी गम्भीर विरामी भएका छन् । गम्भीर विरामी भएपछि उनलाई वीर अस्पतालको आइसीयूमा सारिएको छ ।

मिर्गौलामा समस्या आएपछि उनी २ साउनमा वीरमा भर्ना भएको नगरकी कार्यवाहक प्रमुख सुनिता शाक्यले जानकारी दिइन् ।
उनले भनिन्, ‘उहाँलाई पहिलेबाट नै मृर्गौला सम्बन्धी समस्या थियो, आजदेखि गाह्रो भएर आइसीयूमा राखिएका हो । उहाँको उपचारमा कमी हुन नदिन नगरको तर्फबाट पहल भइहेको छ।’

मेयर नकर्मीले आफ्नो स्वास्थ्यमा निरन्तर समस्या आएपछि १ साउनमा नै शाक्यलाई कार्यवाहक प्रमुखको जिम्मेवारी दिएका थिए ।
साभारः अनलाईन खबर

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्